नक्कली पेस्तोल देखाएर रकम असुल्ने पक्राउ

काठमाडौँ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिका-४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरिरहेका मोतीहारी ग्राम पञ्चायत रोही-४ बस्ने २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । खेलौना पेस्तोल देखाएर सीमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिलाई डर त्रास…