काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ । आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। झाका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछन् । पार्टी सभापति रवि…