छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन् । तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो…