सुन्तला बेचेरै तिलक गुरुङले पढाए छोराछोरीलाई इन्जिनियर र नर्स

म्याग्दी । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कँदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो। विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उनको अन्य आम्दानीको स्रोत थिएन। ‘विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभैँसी पाल्नुका साथै खेतबारीमा…