काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा आज बिहान भएको बस दुर्घटनामा ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद् खबरले म अत्यन्त मर्माहत भएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत संयोजक दाहालले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति…