काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक मुकेश डंगोलले सोमबार पदभार ग्रहण गरेका छन् । महानिर्देशकलाई प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा उपमहानिर्देशक देवचन्द्र लाल कर्णले नवनियुक्त महानिर्देशक डंगोलका तथा हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका पर्यटन सचिव मुकुन्दप्रसाद निरौलालाई स्वागत गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको…