मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्की ले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिर को दर्शन गर्नुभएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुक्तिनाथ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले १०८ धारामा जलसेचन गरी विधिपूर्वक पूजा–अर्चना गर्नुभएको थियो। मन्दिर परिसरमा पुग्दा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका पदाधिकारी तथा…