काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार तेस्रो पटक म्याद थप गर्दै उनलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले…