काठमाडौं । नेपालमा चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्र प्रवेश गरेसँगै अस्पताल तथा स्वास्थ्यकर्मीको संख्या वृद्धि भएतापनि गुणस्तरिय सेवा र जनशक्ति टिकाउने सवालमा विरोधाभास सिर्जना गरेको एक अध्ययनले निष्कर्ष निकालेको छ । धुम्बाराहीस्थित इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को कार्यालयमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको ‘दि प्राइभेटाइजेशन पाराडक्स’ नामक रिपोर्टले यस्तो तथ्य सार्वजनिक गरेको हो ।…