रौतहट । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको सक्रियतासँगै सीमा नजिकको भारतीय बजार घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटेको छ । सशस्त्र प्रहरीको सक्रियतासँगै विशेषगरी खाद्यान्न तथा तरकारी, औषधि, लत्ताकपडा, रक्सी, सुर्तीजन्य पदार्थ, खेलौना, मोटरसाइकल, मोबाइलसहित विभिन्न उपकरणका पार्टस्लगायतका सामानमा हुने अवैध कारोबारमा कमी आएको र यस किसिमको गैरकानुनी धन्धामा…