काठमाडौँ । धौलागिरि (प्रथम) आरोहणका क्रममा असोज २० गते रातिदेखि सर्म्पकविहीन भएका पाँच जना रसियन आरोहीहरूको शव संकलन गरिएको छ । उनीहरू सम्पर्कविहीन भएको ११ औँ दिन बुधबार अल्टिच्यूटको हेलिकोप्टरद्वारा डोरीको सहायताले शवहरू संकलन गरी काठमाडौँ ल्याइएको हो । अल्टिच्यूट एयरका अनुसार, उक्त कम्पनीका क्याप्टेन विवेक खड्काको नेतृत्वमा परिचालन गरिएको हाई अल्टिच्यूट रेस्क्यू टिमद्वारा लङलाइन…