फिफा विश्वकप- २०२६ अन्तर्गत गएराति सकिएको खेलमा अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै इजिप्टले अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनमा प्रवेश गरेको हो। पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका लागि ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गरे। खेलको १३औं मिनेटमा इमाम आशौरले गोल…