काठमाडौं । बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको हो । अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन् । ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन् । त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन्…