काठमाडौं । विश्व फुटबलका दुई पुराना प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड र अर्जेन्टिना आज विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन्। सन् १९६६ मा वेम्ब्लीमा विश्वकप जितेपछि पहिलोपटक फाइनल पुग्ने अवसर इङ्ग्ल्यान्डसामु आएको छ भने अर्जेन्टिना लगातार अर्को उपाधितर्फ अघि बढ्ने लक्ष्यमा छ। इङ्ग्ल्यान्डले सन् १९६६ पछि केवल दुईपटक मात्रै विश्वकपको सेमिफाइनल खेलेको छ—सन् १९९० मा इटाली र २०१८ मा रुसमा।…