नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईको आइसिसी एकेडेमीमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको हो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, रोहित पौडेलले ३६ रनको…