काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा पहिला ब्याटिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले बुधबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर लुम्बिनी लायनसविरुद्ध आफै पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यस खेल जित्ने टोलीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्ने छ र विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग…