काठमाडौं । नेपाली काग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले अप्रिल २२ मा कश्मीरको पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। शोक र पीडाको यस घडीमा, डा. कोइरालाले भारतसँग ऐक्यबद्धता व्यक्त गर्दै भारतीय…