काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले दिए तयारीलाई तीव्रता, विभिन्न समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । उक्त समूहले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । विशेष महाधिवेशन पक्षधरको मंगलबार बसेको बैठकले समितिहरू गठन गरेको नेता मनोजमणि आचार्यले जानकारी दिए । ‘विभिन्न जिम्मेवारी बाँडफाँट गरेका छौँ,’ उनले भने, ‘आजै पत्रकार ४ बजे पत्रकार सम्मेलन गरेर…