आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे सरकारबाट बाहिर जान्छौँ : गगन थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस समस्याबाट भागेर नहुने बताएका छन्। लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले काँग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाएका हुन्। उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि दिनुपर्छ। आज हामी बाध्यतामा छौँ, एक्लै छैनौँ सरकारमा छौँ। कतिपय हामीले कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौँ। हामीले…