बिराटनगर। नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा सबैभन्दा धेरै कोशी प्रदेशबाट २२ जनाको नाम सिफारिस गरेको छ। १४ जिल्ला रहेको कोशी प्रदेशका भोजपुर, धनकुटा र खोटाङबाट समानुपातिक निर्वाचन प्रणालीमा कसैको नाम पनि बन्दसूचीमा राखिएको छैन। कोशी प्रदेशबाट कांग्रेसले आदिवासी–जनजाति क्लष्टरमा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बेलाई एक नम्वरमा राखेको छ। कोशीबाट सबैभन्दा धेरै सुनसरीबाट पाँच जना…