काठमाडौं । गृहप्रशासनको जिम्मेवार पदमा रहेका गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध र असन्तुष्टि चुलिएको छ । पत्रकारहरूविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी र नागरिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन् । अधिकारकर्मीहरूका अनुसार लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रताको सम्मान गर्नु राज्यको दायित्व हो । सञ्चारकर्मीहरूलाई धम्क्याउने वा आतङ्कित पार्ने अभिव्यक्ति लोकतान्त्रिक…