काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन्। निर्णयअनुसार कोसी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा…