गगन र विश्वले विशेष महाधिवेशन पक्षधरको भेला बोलाउने

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरहरूको राष्ट्रिय भेला बोलाउने भएका छन् । महामन्त्रीद्वयले केही दिनमै काठमाडौँमा विशेष महाधिवेशन पक्षधरको भेला बोलाउने तयारी गरेका हुन् । निकट स्रोतका अनुसार पुसको १९, २० वा २१ गतेका लागि भेला बोलाउने तयारी भइरहेको छ । ‘महामन्त्रीद्वयले पत्र काटेर विशेष महाधिवेशनको पक्षधरहरूलाई बोलाउनुहुन्छ…