काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ । नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको लेखकले बताएका थिए ।…