निर्वाचनमा कांग्रेसको नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा 'जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ' भन्ने नीति बनाएको छ । उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले यो नीति बनाएको हो । संयोजक शर्माका अनुसार कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आआफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने…