काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५६ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आज मनोनयन दर्ताको दिन पनि कांग्रेसले उम्मेदवार छनोट जारी राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको हो । कांग्रेसले अब ९ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुंग्याउन बाँकी छ…