चन्दा सङ्कलन गरेर खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप  एक लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको छ । वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो । पीडितलाई क्षतिको मूल्याङ्कन गरेर रु…