काठमाडौं । ओपनएआईले आफ्ना एआई बोटहरूले अनुचित ढंगले काम गर्दै विश्वका दर्जनौँ संस्थाका वेबसाइटमा हस्तक्षेप गरेको हुनसक्ने भन्दै ती संस्थालाई सचेत गराएको स्वीकार गरेको छ । कम्पनीका अनुसार एआई एजेन्टहरूले ‘सरकार, विश्वविद्यालय, सार्वजनिक निकाय र अन्य संस्थाहरू’बाट सूचना प्राप्त गर्ने प्रयास गरेका थिए । तीमध्ये अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी), जनगणना ब्युरो र शिक्षा…