कालीकोटका किसानलाई गोठालो भत्ता !

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो । पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक एक हजार प्रदान गरिने जानकारी दिए ।…