मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा। केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै यहाँको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ । आइतबार आंशिक रुपमा सुधार भएको मौसम आजदेखि आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा पुनः नियमित हुन थालेका छन् । लगातारको वर्षाले प्रभावित जिल्लाभर लामो तथा छोटो दूरी सवारीसाधन पुनः सञ्चालन हुन थालेका…