सुदूरपश्चिम सरकार विस्तार : नागरिक उन्मुक्तिबाट थापा बनिन् मन्त्री

धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् । थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।  वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा…