मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

लमजुङ। ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ । प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । विगतमा प्रचारप्रसारको…