सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।…