पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा ट्याक्सी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नम्बरको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी…