प्रधानमन्त्री ओलीले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेका छन्। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन्। शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्। उनले लेखकहरूलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन्। त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन…