काठमाडौँ - प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । गृह मन्त्रालयले निर्माणाधीन नयाँ प्रहरी ऐनको मस्यौदामा सो व्यवस्था राख्नुपर्ने प्रस्ताव अर्थको राय लिन पठाएको गृह मन्त्रालयका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार जवान र हवलदारलाई १६ वर्षमा र जुनियर अधिकृतलाई १८ वर्षमा पेन्सन दिन ऐनमा…