काठमाडौं । सरकारले अगाडि सारेका प्रावधानविरुद्ध आन्दोलनरत एजुकेशन कन्सल्टेन्सी व्यवसायीसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ । व्यवसायीले जारी आन्दोलनलाई अझै सशक्त बनाउने भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का उपाध्यक्ष बासुदेव दाहालका अनुसार मन्त्री पोखरेलले मागहरू समाधानका कुनै पनि विषयमा सकारात्मक जवाफ दिएनन् । त्यसैले आन्दोलनलाई…