झापाका ३ मतदान केन्द्र महिलाको नेतृत्वमा

प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ का ३ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका– ८ स्थित मेची रंगशालामा रहेको मतदानस्थलका ३ मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए । ‘यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ,’ प्रसाईले भने । उनका अनुसार मतदानस्थलको…