वरिष्ठ गायक भक्तराज आचार्यको निधन

काठमाडाैँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनकाे निधन भएको हो। आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने छ। वि.सं. १९९९ साल असोज १६ गते जन्मिएका आचार्यलाई नेपाली संगीत क्षेत्रमा भजन शिरोमणिका रूपमा चिन्ने गरिन्छ। ‘मुटु जलिरहेछ’,…