पाटन (ललितपुर) । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुंगमती (भैँसेपाटी)को भवन पुन:निर्माण गरी हस्तान्तरण गरिएको छ । स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुन:निर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो । पुन:निर्माण समिति संयोजक…