काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लागि आवेदन दिएकाहरुमध्येबाट १४ जना संक्षिप्त सूचीमा परेका छन् । उपकुलपति छनोट तथा सिफारिस समितिले १४ जनाको नाम संक्षिप्त सूचीमा राखेको हो । यसअघि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस…