काठमाडौं । सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ । अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले विहीबार एकान्तकुना यातायात ब्यवस्था कार्यालयमा अनलाइन सेवा शुरु गरेका हुन्…