काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास ठप्प भएको छ। आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्। आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए। उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिनेलगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन्। कार्यस्थलमा नियमति उपस्थिति भई निर्भिकरुपमा उच्च मनोबलका साथ कार्य…