रामेछाप । दोलखाको लामाबगरबाट प्रहरीले आइतबार थप ४ किलो सुन बरामद गरेको छ । दोलखाको विगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो । लामाबगरको बस्ती भन्दा पारी डुङ्गाको ओडारमा लुकाई राखेको अवस्थामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए । चीनबाट दोलखाको लामाबगर हुँदै…