काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, भन्सार कार्यालयकै नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले…