दार्चुला । चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिंकरमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । व्यास गाउँपालिका–१ तिंकरमा स्थापना गरिएको उक्त पोस्टको गत शुक्रबार सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गरे । पोस्ट स्थापनाका लागि एआइजी दाहाल…