सुन प्रकरणमा विनाकारण दुःख दिएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे एकैसाथ सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ भन्दै उनीहरुले सामुहिक सरुवा मागेका हुन्…