काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी सदस्यको संख्या ५ लाख २३ हजार ४५६ जना रहेको जनाएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा प्रदेशगत संख्यासहित कुल सदस्य संख्या उल्लेख छ । जसअनुसार रास्वपाका सबैभन्दा बढी सदस्य मधेसमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्…