काठमाडाैँ । तेस्रो एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३२ रन बनायाे । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक बनाए भने कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा…