व्यवसायी अरुण चौधरीलाई २ दिन भन्दा बढी हिरासतमा नराख्न आदेश

काठमाडौं। बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब २ दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले २ दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा…