सरकारले रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायी महासंघ आन्दोलित

काठमाडौं । सरकारले आर्थिक वर्ष सकिँदा पनि ठुलो रकम भुक्तान नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ। रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएको हो । रकम भुक्तान गर्न माग गर्दै म्याद थपसम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेल्मेटसहित १ घन्टा धर्ना बसे…