काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि रु दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरिएको छ । त्यसमा नेपाल सरकारतर्फ रु एक अर्ब १९ करोड ७४ लाख रहेको छ भने वैदेशिक सहायतातर्फ रु एक अर्ब ४३ करोड रहेको छ…