काठमाडौं । सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिएको विवादास्पद् अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने दलहरूबीच सहमति भएसँगै आजको प्रतिनिधिसभा बैठक अगाडि बढ्ने अपेक्षाविपरीत हर्क साम्पाङ नेतृत्व श्रम संस्कृति पार्टीले विरोध जनाइरहेको छ । रास्वपा सभापति रवि लामिछानेको अग्रसरतामा भएको सर्वदलीय बैठकमा सदन चलाउनेबारे सहमति भएको थियो । त्यसपछि आज प्रतिनिधिसभा बैठकमा सभामुखले…